यस्तो छ आजको विनिमय दर

वडाध्यक्ष थापाको निधन

बिर्तामोड। झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा  आइतबार बिहान १. ५० बजे निधन भएको छ ।

थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहनुभएको थियो । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो  ।

थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताउनुभयो । 

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १० : १५ बजे