सुनको मूल्यमा नयाँ कीर्तिमान

संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने थापाको जिकिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताउनुभयो ।

कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौँ ? संशोधन गरौँ । त्यो गर्न एमालेसँग सल्लाह गरौँ ।’

प्रकाशित मिति : १ असार २०८१, शनिबार  २ : ३३ बजे