‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलियो

काठमाडौँ, १ असार । पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको संख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ शनिबार बिहान बिहान ४ बजेदेखि चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । 

'यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान ८ बजेर ३० मिनेटपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएकोमा शनिबारदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरूको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाई छ ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ बजेर ३० मिनेटदेखि ११: ३० सम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चारवटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ३१ बजे