साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं। नेपालले तेस्रो विकेट गुमाएको छ । आइसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।

नेपालका अनिल साह २७ रन बनाएर आउट भएका हुन् । यसअघि नेपालका कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल शून्य रनमा आउट भएका थिए ।

जारी खेलको १५ ओभरमा नेपालले ३ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : २१ बजे