यस्तो छ आजको विनिमय दर

आर्यघाटले मेटाएको दुई मोहनको तिक्तता 

काठमाडौं। बिहीबार निधन हुनुभएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य नारायण सापकोटाको निधनपछि उहाँको पार्थिव शरीर आर्यघाटको ब्रह्नानालामा थियो। त्यो शोकको घडी थियो।   त्यो भावुक परिवेशले अन्तै फड्को मा¥यो जब नेपाली कम्युनिष्ट राजनीतिका दुई पुराना नेता  सँगै बसेका थिए। उनीहरू थिए – मोहनविक्रम सिंह र मोहन वैद्य। यी दुवै वाम आन्दोलनमा अध्ययनशील नेताका रूपमा चिनिन्छन् । 

यी दुई नेताहरुले नेपालको वाम राजनीतिमा जति भोटो फटाएका छन् , त्यति नै आपसमा कटुता समेत जगाएका छन् । यी दुईहरूको सम्बन्ध कहिल्यै सुमधुर थिएन। तर बिहीबार नेपालीको निधनमा सँगै बसेका यी दुई नेताको  अनुहारले एकएर्का प्रति समवेदना झल्काएको जस्तो देखिन्थ्यो । 

निधन भएका सापकोटा सन्तबहादुर नेपालीको नेतृत्वमा   हालै  मात्र  मोहन विक्रम सिंह नेतृत्वको मसाल विद्रोह  गरि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गर्नुभएको थियो। नेपालमा पार्टी विभाजन भएपछि एकले अर्कालाई गद्दार र  धोकेबाज भन्दै आरोप लगाउने चलनलाई नेपालीको निधनले जितेको थियो। 

उहाँहरूको तस्बिर खिचेपछि  पत्रकार उदय जिएमले लेख्नुभएको  छ –क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य नारायण सापकोटाको असामयिक निधनपछि दाहसंस्कारमा सहभागी हुन उहाँहरू त्यहाँ पुग्नुभएको थियो  । स्व. सापकोटा यसअघि नेकपा (मसाल) निकट अखिल नेपाल मजदुर सङ्गठन (अन्टुक)को केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । फुटेपछि गालीगलौज, पानी बाराबार, बोली बाराबारमा उत्रिने पारा देखिन्थ्यो यसअघि । यसपालि भने दुवैतिरका नेताहरूको बाक्लो उपस्थिति देखियो

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ५ : ०६ बजे