किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित उहाँको गृहनगरमा रुसी आक्रमणमा छ जना मारिएको बुधबार बताउनुभएको छ । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
सामाजिक सञ्जालमा उहाँले भन्नुभएको छ, “क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।”
उहाँले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गर्नुभएको छ । फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ ।
जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गर्नुभएको छ ।
“आधुनिक हवाई रक्षा प्रणालीले मानिसहरू, हाम्रा सहर र हाम्रो अवस्थाका लाग अधिकतम सुरक्षा प्रदान गर्दसक्छ, साथै हामीलाई सकेसम्म तिनीहरूको आवश्यकता छ ।”
प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १० : ०५ बजे
प्रतिक्रिया