जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनु भएको छ ।

जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट यादव पुनः अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनु भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १ : ३४ बजे