साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने भनिएको यो खेल लगातारको वर्षापछि रद्द भएको हो ।

खेल रद्दभएसँगै नेपाल र श्रीलंका दुवैले एक-एक अंक बाँडेका छन् । यो नेपालले यस विश्वकपमा हासिल गरेको पहिलो अंक हो ।

यो खेल हुन नसकेपछि श्रीलंका भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाले यसअघि दुवै खेल हारेको थियो ।

अब नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ भने श्रीलंकाले जुन १७ मा नेदरल्याण्डससँग खेल्ने छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ७ : ३१ बजे