एमाले काठमाडौँ अध्यक्षमा पुनः दीपक निरौला

काठमाडौँ,  २९ जेठ । नेकपा (एमाले) काठमाडौँ जिल्लाको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । काठमाडौंको सातौं जिल्ला अधिवेशनमार्फत उहाँको प्यानल नै निर्वाचित भएको छ । 

आज भएको विद्युतीय मतदानमा निरौलाले ३७० मत पाउँदै अध्यक्षमा पुनः निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्धन्दी निर्मल देउलाले १९१ मत प्राप्त गर्नु भयो । यस्तै निरौलाको प्यानलबाट उपाध्यक्षमा विश्वराम सापकोटाले २६४ मत ल्याएर विजयी हुनु भयो भने सचिव पदमा राजेश शाक्य र उद्धव भण्डारीले समान ३७० मत पाएर विजयी हुनुभयो । 

निर्वाचनमा ५८५ प्रतिनिधिमध्ये ५६२ जनाले मतदान गरेका थिए । 

 

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ७ : १२ बजे