गण्डकीका नवनियुक्त मन्त्री देवकोटा र पाण्डेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ ।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाउनुभएकाे हाे ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गर्नुभएकाे हाे।

दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराउनुभएकाे छ । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएकाे छ ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बन्नुभएकाे थियाे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : २२ बजे