साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आमाको हत्या आरोपमा छोरा पक्राउ

भोजपुर । भोजपुरमा आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अरूणले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ५१ बजे