साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाबाट पक्राउ

झापा । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापाको कन्काई नगरपालिका-५ घर भएका ४० वर्षीय बिष्णु कुमार (पाचकोटी) दर्जीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत झापाको २०८० चैत १४ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद, १६ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ६४ हजार रूपैयाँ क्षतिपूर्ती जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको जनाएको छ ।
 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : २४ बजे