सुदूरपश्चिममा सरकार विस्तार, बन्यो जम्बो मन्त्रिमण्डल

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । 

मुख्यमन्त्री सोडारीले सत्ता गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउदै मन्त्रिपरिषद्को विस्तार गर्नुभएको हो  । 

सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्रालयको जिम्मवारी दिनुभएको छ भने  वीरबहादुर थापा र हिरा सार्कीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिनुभएको छ । त्यस्तै माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी  दिइएको छ भने अक्कल बहादुर रावल र लक्ष्मी विकले बिना विभागीय मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य डाक्टर ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त  हुनुहुन्छ भने एकीकृत समाजवादीकी माया पन्त बिना विभागीय मन्त्री बन्नुभएको छ । 

नव नियुक्त मन्त्रीको आजै साँझ शपथ ग्रहण हुने भएको छ । मुख्यमन्त्री सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : १६ बजे