आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यस वर्ष तीन दिन छिटो भित्रियो मनसुन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन भित्रिएको जानकारी दिएको छ । आज कोशी प्रदेशस्थित पूर्वी भागबाट नेपालमा मनसुन भित्रिएको महाशाखाले जानकारी दिएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३  भएको जानकारी दिँदै महाशाखाले यस वर्ष सरदर मितिभन्दा ३ दिन पहिले मनसुन भित्रिएको जानकारी दिएको छ । नेपालको अन्य भू-भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जानकारी दिएको छ ।

मनसुनी प्रणालीलाई आफूहरूले निरन्तर अनुगमन गरिरहेको पनि महाशाखाले जानकारी दिएको छ । सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने पनि महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : १८ बजे