गृहमन्त्री रवि निर्दोष भनिएको प्रधानमन्त्रीको भनाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी आरोपमा निर्दोष भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बोल्नुभएको रेकर्ड झिकाउन आदेश दिएको छ ।

लामिछानेविरुद्ध कहीँकतै उजुरी नपरेको भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रविरुद्ध दर्ता भएको रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो आदेश दिनुभएको हो ।

सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे मिडियामा आएको समाचार सामग्री खण्डन गर्ने क्रममा गृहमन्त्रीको निजी सचिवालयबाट जारी भएको विज्ञप्तिसमेत झिकाउन सर्वोच्चले आदेश दिएको छ । 

यही इजलासले २० जेठमा यो मुद्दालाई अग्राधिकार दिँदै कास्की प्रहरीमा रहेको जाहेरी झिकाउन आदेश गरेको थियो ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ४ : १७ बजे