दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

झोलुंगे पुलमा फसेका खच्चडको पाँच घन्टापछि उद्धार, दुई वटा मरे

कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरिएको छ । फसेका तीन वटा खच्चड भने उद्दारकैक्रममा मरेका छन् । 

जीर्ण भइसकेको झोलुंगे पुलको जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए। ८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो।

नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो।पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन।एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मरेको छ । 

आइतबार बिहान दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल विनायक नगरपालिका–( कालेडाँडा जोड्ने झोलुंगे पुलमा १३ वटा खच्चड फसेका थिए।

ती खच्चडले सामान बोक्दै आएका थिए। आइतबार पनि अछामबाट चामल लिन दैलेख आउँदै गर्दा जीर्ण भइसकेको पुलमा फसेका थिए।पुलमा खच्चड हिँड्न थालेपछि एकतर्फका लठ्ठा चुडिँदा १३ वडा खच्चड पुलकै जाली अड्केका हुन्। लठ्ठा चुडिँएको भाग कोल्टे परेको छ।

पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। पुलमा फसेको खच्चडको सुरक्षाकर्मीले स्थानीय बासिन्दाको सहयोगमा करिब दुई घन्टापछि मात्रै उद्धार सुरू गरेका थिए। खच्चडहरू आइतबार बिहान करिब ( बजे पुलमा अड्किएका थिए। पुलमा फसेका खच्चडहरू फरक(फरक व्यापारीका हुन्।
 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : २४ बजे