साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोसी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा

विराटनगर । कोसी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालत दायर गरेको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ । रिटमामाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न पेसी तोकिएको थियो ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गर्नुभएको थियो ।  उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो । कार्की परमादेशबाट मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभयो  । कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गर्नुभएका उहाँले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ ।
कोसीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री भएका एमालेका हिक्मतकुमारले प्रदेशसभाबाट विश्वासको मत समेत लिइसक्नुभएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीले भने उपधारा ५ अनुसार एकपटक विश्वासको मत लिएपछि दुई वर्षसम्म लिनु नपर्ने भन्दै नयाँ सरकार गठनको प्रक्रिया खारेज गर्न र आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  १२ : २३ बजे