यस्तो छ आजको विनिमय दर

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ।

बालुवाटारमा जारी भेटवार्तामा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भईरहेको बताईएको छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भारत जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीका साथमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि जाने बताइएको छ ।

शपथपछि प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : ४८ बजे