‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शपथ लिनुअघि महात्मा गान्धीको समाधिस्थल राजघाट पुगे मोदी

काठमाडौं । लगातार तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनुअघि नरेन्द्र मोदी आइतबार बिहान महात्मा गान्धीको समाधिस्थल राजघाट पुग्नुभएको छ । मोदीले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

मोदीले आज साँझ ७ः१५ बजे राष्ट्रपति भवनमा आफ्नो मन्त्रिपरिषद्सहित शपथ लिनुहुनेछ । राजघाटपछि नरेन्द्र मोदी पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिमा पुगेर पुष्पहार अर्पण गर्नुभएको थियो ।

शुक्रबार राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यसअघि शुक्रबार नै मोदीले राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)को तर्फबाट सरकार गठनको दाबी पेश गर्नुभएको थियो ।

उहाँलाई आजै एनडीएले संसदीय दलको नेता चयन गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनमा १३ दल रहेका छन् र यस निर्वाचनमा २९३ सिटमा जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : ३२ बजे