एनपीएलको ट्रफी सार्वजनिक

मोदीको शपथ आइतबार, छिमेकी देशका नेताहरु सहभागी हुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार शपथ लिने भएका छन् ।

मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

शपथ ग्रहण समारोह आइतबार साँझ ७: १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 

मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरुले सहभागिता जनाउने भएका छन् । निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् ।  नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आइतबार बिहान दिल्ली जाने भएका छन् ।

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरुका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।

भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरुलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ३८ बजे