यस्तो छ आजको विनिमय दर

बालेनप्रति अध्यक्ष ओलीको कटाक्ष–भैंसीको ढाडमा बसेको झिंगो चार लात हानेर दंग परे जस्तै हो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहप्रति कटाक्ष गर्नुभएको छ ।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष ओलीले मेयर बालेनले गिरीबन्धु टी-स्टेट प्रकरणमा अध्यक्ष ओलीलाई जोड्नु भैंसीलाई ढाडमा झिंगा बसेर लात हान्नु जस्तै भएको टिप्पणी गर्नुभएको हो ।

‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर ।’

अध्यक्ष ओलीले आफू अनावश्यक विवादमा पर्न नचाहेको बताउनुहुँदै राष्ट्रिय राजनीतिलाई परिपक्क, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ४८ बजे