सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

एमाले मुख्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा

​​​​​​​काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पुग्नु भएको छ ।

एमालेको सूचना प्रविधि व्यस्थापन तथा कार्यालय व्यबस्थापनको बारेमा अध्ययन गर्न सापकोटा एमाले मुख्यालयमा पुग्नु भएको हो । उहाँलाई उपमहासचिव विष्णु रिमालले एमालेको हेडक्वार्टर संचालनका बारेमा जानकारी गराउनुभएको थियो ।

एमाले केन्द्रीय कार्यालय सुव्यवस्थित र आधुनिक प्रविधिलाई आत्मसात गर्दै चलेको अनुभव आफूले गरेको सापकोटाले धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  २ : २८ बजे