यस्तो छ आजको विनिमय दर

युवासंघमा ३७ जनालाई विदाई,सचिव,कोषाध्यक्ष सहितमा नयाँ जिम्मेवारी 

काठमाडौँ, २५ जेठ । राष्ट्रिय युवा संघ नेपालले कार्यसमितिमा रहेका ३७ जनालाई  विदाई गरेको छ । 
यहि जेठ १९ र २० गते बसेका युवा संघको तेस्रो पूर्ण बैठकपछि जारी गरिएको सकुर्लरमा उमेर सकिएका, निस्क्रिय भएका १७ जनालाई विदाई गरिएको छ । युवा संघमा ४० बर्षभन्दा बढी उमेर समूहका व्यक्ति बस्न पाइदैन । ३७ जनालाई विदाई गर्दै ति रिक्त स्थानमा युवा संघले नयाँलाई जिम्मेवारी प्रदान गरेको छ । 
युवा संघले तीन जना सचिव सहित कोषाध्यक्षको जिम्मेवारी नयाँलाई तोकेको छ । महासचिव सुमन पुरीले जारी गर्नु भएको सर्कुलरमा सचिव निरोज पौडेल, महेश चौलागाई, शारदा पछाईं र अर्थिक विभाग प्रमुखलाई  पद परिवर्तन गदै कोषाध्यक्षमा राकेश राईलाई जिम्मेवारी तोकिएको छ ।सचिव पौडेललाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ । 
यस अघिका  उपाध्यक्ष सीता सुवेदी, उपमहासचिव महेन्द्र गुरुङ, सचिव अनिता कन्दङवालाई बिदाई गरिएको छ। 
यस्तै सचिवालय सदस्यमा मदन गिरी, डिल्ली लिङ्देन, मदन भण्डारी कास्की, विनोल राई लक्ष्मी आचार्य र मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यस्तै १८ जनालाई स्थायी कमिटी सदस्यमा र २० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 
अधिवेशन तोकियो
युवा संघले नेपालले प्रदेश, जिल्ला र पालिकाको अधिवेशन तोकिएको छ । 
असार मसान्तभित्र प्रदेश, भदौभित्र जिल्ला र मंसिर मसान्तभित्र पालिका अधिवेशन मिति तोकिएको संघका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । 
अधिवेशन सम्पन्न गर्नका लागि संघले कमाण्डर समेत तोकेको छ । 
कोशीमा प्रकाश गौतम, मधेशमा कृष्णहरि केसी, वागमती अमित लामा, गण्डकीमा महाराज गुरुङ, लुम्बिनी प्रदेशमा खेम शर्मा, कर्णालीमा शारदा पछाईं, सुदरपश्चिम प्रदेशमा रमेश तिवारीलार्य तोकिएको छ । 
प्रदेश इन्चार्ज समेत जिम्मेवारी हेरफेर
युवा संघ नेपालले मधेश, वागमती, गण्डकी, कर्णाली र अन्तरजिल्ला विशेष प्रदेशका इन्चार्जको जिम्मवारी हेरफेर गरेको छ । 
मधेशमा मनिष श्रेष्ठ, वागमतीमा चीन लामा, गण्डकीमा विकास अधिकारी, कर्णालीको सहइन्चार्जमा किरण किशोर सापकोटा र अन्तरजिल्ला विशेष प्रदेशको सहइन्चार्जमा प्रविन अधिकारीलाई जिम्मेवारी दिइएको छ । 
प्रदेश भेला
युवा संघ नेपालले सातवटै प्रदेशमा प्रदेश भेलाको आयोजना गरेको छ । संगठनको सांगठनिक जीवनलाई प्रभावकारी बनाउन र संघको आगामी कार्यदिशा कार्यभार र युवाका वर्तमान चुनौति र अवसर लगायतको बिषयलाई केन्द्रीत गरेर भेला आयोजन ागर्ने निर्णय गरेको हो । 
कोशीम असार, वागमती साउन, मधेशमा भदौ १० गतेभित्र, लुम्बिनी भदौ २० गतेभित्र, गण्डकी भदौ ३० गतेभित्र, कणाली असोज १५ गतेभित्र र सुदूरपश्चिम प्रदेशमा असोज मसान्तभित्र सम्पन्न गर्ने गरि तयारी गरिएको छ । 
यस्तै बैठकले आगामी भदौ ७ र ८ गते आर्टिफिसियल इन्टिलिजेन्स कन्फ्रेन्स गर्ने निर्णय गरेको छ । 
 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  १ : १० बजे