आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मधेसमा पहिलो पटक जसपा सत्ता बाहिर

काठमाण्डौ । प्रदेश संरचना निर्माण भए पछि निरन्तर सत्तामा रहेको जनता समाजवादी पार्टी बाहेक पहिलो पटक आज मधेस प्रदेश सरकार गठन हुदैछ ।

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गर्नु भएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।
 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ८ : ०७ बजे