दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दक्षिणकालीमा फेला परेका महिला र पुरूषको शवको पहिचान खुल्यो

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा २ जनाको शव फेला परेको छ। केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार धादिङ सिद्धलेखका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीया महिला सरिता राईको शव फेला परेको हो। खनाल पनि भक्तपुर बस्दै आएको प्ररहीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। 

प्रहरीका अनुसार  घटनास्थलमा पल्सर मोटरसाइकल पनि फेला परेको छ। बुधबार बेलुका  स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  शव सडकबाट ३ सय मिटर तल भीरमा फेला परेको प्रहरीले बतायो।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ४ : ११ बजे