काठमाडौं । आज सेयर बजार सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचक १.९३ अङ्कले घटेर २०७७.७८ विन्दुमा रोकिएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ०.३४ प्रतिशतले घटेर ३७०.३४ विन्दुमा कायम भएको छ ।
आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँमा खरिदबिक्री भएका छन् ।
आज इमर्जिंग नेपाल लिमिटेड, भगवती हाइड्रो र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माई खोला हाइड्रोको सबैभन्दा बढी ६.४० प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी एनआरएन इन्फ्रा डेभलपमेन्ट बैंकको सबैभन्दा बढी १८ करोड ६८ लाखको शेयर कारोबार भएको छ ।
प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार ४ : ०२ बजे
प्रतिक्रिया