आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु

सुनसरी। नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो ।

उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्वअध्यक्ष रेवतीरमण भण्डारीले बताउनु भयो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । निर्वाचित भएसँगै बिरामीले च्यापेपछि थप उपचारका लागि खनाललाई जेठ २२ गते हैदराबाद लगिएको थियो ।

खनालको उपचारका क्रममा मृत्यु भएको एमाले सुनसरी सचिव राम कोइरालाले बताउनु भयो । खनाल यसअघि एमाले सुनसरीको उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : २२ बजे