साफ यू–१७ च्याम्पियनसिप आजदेखि

टी–२० विश्वकप : अष्ट्रेलियाको विजयी सुरुआत, ओमान ३९ रनले पराजित

काठमाडौँ । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।

ओमानका लागि आयान खानले ३६ रन बनाएका थिए भने मेहरान खानले २७ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर मार्कस स्टोइनिसले सर्बाधिक ३ विकेट लिएका थिए भने नाथन इलिस, मिचेल स्टार्क र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६७ रन बनाएका थिए भने डेभिड वार्नरले ५६ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर मेहरान खानले २ विकेट लिएका थिए ।

समुह बि अन्तर्गत अस्ट्रेलियाले यो जितपछि महत्त्वपूर्ण २ अंक हासिल गरेको छ । त्यस्तै ओमानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल जुन ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने ओमानले अर्को खेल जुन ९ मा स्कटल्यान्डविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ११ : २२ बजे