दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनेबारे आज छलफल हुँदै

काठमाडौं– उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै एक साता थप गर्ने बताइएको छ । यसैबीच काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा निर्णय लिनका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा सोमबार सकिँदै छ ।

आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा थप गर्ने अथवा हटाउने भन्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेका भाडा पसल, पुस्तकालय, कस्मेटिक, फेन्सी पसलहरुका लागि समय पनि अब समय तोकेर सुचारु गराउने प्रशासनको तयारी छ । निजी सवारीमा जोरबिजोरको व्यवस्था गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ११ : ५७ बजे