सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चाबहिलमा एक पुरुषले श्रीमती र तीन छोरीसहित आफैँमाथि पेट्रोल छर्केर लगाए आगो

काठमाडौं । काठमाडौंको चाबहिलमा एक पुरुषले श्रीमती, तीन छोरीहरूसहित आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । 

गएराति काठमाडौँ महानगरपालिका–७ चाबहिलको सरस्वतीनगर बस्दै आएका ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफूसहित श्रीमती विन्दु सिंह र तीन छोरीहरूलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।

आगोबाट जलेका पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

प्रहरी प्रवक्ता अधिकारीका अनुसार चञ्चलबहादुर सिंहले अत्यधिक मादक पदार्थ सेवन गरी श्रीमतीसँग घरझगडा गर्ने क्रममा चावहिलस्थित आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाएको बुझिएको छ ।

आगोले जलेका पाँचजनामध्ये  आगो लगाउने सिंहको शरीरको १० देखि १२ प्रतिशत, श्रीमतीको  पाँचदेखि सात प्रतिशत, छोरीहरू सुप्रियाको ५० देखि ५५ प्रतिशत, समृद्धिको ८० देखि ८५ प्रतिशत तथा सुहानीको १२ देखि १४ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

 

​​​​​​​

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ९ : १२ बजे