आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उपेन्द्रको फोनपछि मात्रै विश्वासको मत लिन तयार भए यादव  

काठमाडौँ। मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरेका भए पनि प्रस्ताव विफल हुने भएपछि  ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्ने प्रयासे विफल भएको छ। विश्वासको प्रस्ताव  २८ गते सार्ने उहाँको प्रयासलाई सभामुख  र अधिकांश दलहरूले अस्वीकार गरेपछि  प्रदेशसभाको बैठक सुरु भएको छ। प्रदेशसभामा एक  मात्र एजेन्डा विश्वासको मतको प्रस्तावमा छलफल पछि मतदान  गर्ने कार्यक्रम रहेको छ। 

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा सभा परिसरमा भएर पनि मुख्यमन्त्री बैठकमा प्रवेश गर्नुभएको थिएन। उहाँँसंर्गै अन्य मन्त्री पनि सहभागी छैनन् । सत्ता पक्ष नै सहभागी नभएपछि केही समयका लागि  प्रदेशसभाको बैठक स्थगित भएको छ। बैठक केही बेरपछि सुरु हुने बताइएको छ। 

‘मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,।  आज(बुधवार) विश्वासको मत लिनुभएन भने राति १२ बजेपछि स्वतः पदमुक्त हुने जानकारी प्रदेश प्रमुखले गराउनु भएको थियो । तर यादवको  बैठक सार्ने  अनुरोध अस्वीकार भएपछि आजै विश्वासको  मतको प्रस्तावमा मतदान गरी उहाँका. बिदाइ गरिने तयारी भएको छ।  

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस र जसपाले  उपस्थित नहुने चेतावनी दिएका थिए। उनीहरू  आजको बैठकमा सहभागी नहुने भन्दै प्रदेशसभा परिसरबाट बाहिरिएका थिए। तर सरकार जोगाउन जनकपुरमा रहनु भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्रीलाई फोन गरेर विश्वासको प्रस्तावको छलफल प्रक्रियामा सहभागी हुन निर्देशन दिनुभएको बुझिएको छ। यादवको फोन पछि मुख्यमन्त्री आजै प्रस्तावमा छलफल गर्न राजी भएको स्रोतले बतायो ।  

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : ३१ बजे