दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मधेश प्रदेशसभाको बैठक सुरु, ‘बिरामी’ मुख्यमन्त्री सहभागी , विश्वासको प्रस्तावमा छलफल

काठमाडौँ। मुख्यमन्त्री सरोज यादवले बुधवार अपराह्न ३ बजे विश्वासको मत लिने तयारी गरेका भए पनि प्रस्ताव विफल हुने भएपछि  ‘स्वास्थ्य’को कारण देखाउँदै जेठ २८ गते सार्ने प्रयासे विफल भएको छ। विश्वासको प्रस्ताव  २८ गते सार्ने उहाँको प्रयासलाई सभामुख  र अधिकांश दलहरूले अस्वीकार गरेपछि  प्रदेशसभाको बैठक सुरु भएको छ। प्रदेशसभामा एक  मात्र एजेन्डा विश्वासको मतको प्रस्तावमा छलफल पछि मतदान  गर्ने कार्यक्रम रहेको छ। 

‘मुख्यमन्त्री आबद्ध दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ,’ प्रदेश प्रमुख कार्यालय स्रोतले भन्यो,‘उहाँ आज(बुधवार) विश्वासको मत लिनुभएन भने राति १२ बजेपछि स्वतः पदमुक्त हुनुहुनेछ ।’  तर यादवको   अनुरोध अस्वीकार भएपछि आजै विश्वासको  मतको प्रस्तावमा मतदान गरी उहाँका. बिदाइ गरिने छ। 

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस र जसपाले  उपस्थित नहुने चेतावनी दिएका थिए। तर सभामुखले बहुमतका आधारमा बैठक संचालन गर्ने भएपछि भने उनीहरू सबै प्रदेशसभामा सहभागी भएका छन् । 

केही बेर अघि सुरु भएको प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ। 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ४ : ०५ बजे