दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

श्रीमतीलाई तेजाव प्रहार गरेको आरोपमा एक जना पक्राउ

रौतहट । श्रीमतीमाथि तेजाव प्रहार गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–७ का ४२ वर्षीय दीपक विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धीविक्रम शाहका अनुसार विश्वकर्माले आफ्नै श्रीमती ३८ वर्षीय दीपिका विश्वकर्मामाथि घरायसी विवादका कारण तेजाव प्रहार गरेका हुन् ।

तेजाब  प्रहारबाट घाइते भएकी महिलालाई चन्द्रनिगाहपुरस्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ । उनको बायाँ हात, पेट र खुट्टा जलेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  १० : ०० बजे