साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कमजोर फिल्डिङले नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डसले १८ ओभर ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्डसका म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे । म्याक्स ५४ रनमा अविजित रहे । बिक्रमजित सिंहले २२ रनको योगदान दिए । बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले एकएक विकेट लिए ।

१२ बलमा १३ रन आवश्यक रहेकोमा म्याक्सले १९ औ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका र छक्का प्रहार गरेका थिए । तेस्रो बलमा एक रन र चौथो बलमा चौका प्रहार गर्दै नेदरल्यान्डस्ले जित पक्का गर्यो ।

यसअघि अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर २ बलमा १०६ मा समेटिएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडेका थिए । १० रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले १५ रन जोड्दा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

आसिफ ४ र कुशल ७ रन बनाएर आउट भए । ४० रन जोड्दा अनिल शाह, ५२ रन जोड्दा कुशल मल्ल र ५३ रन जोड्दा दीपेन्द्रसिंह ऐरी आउट भए । अनिल ११, कुशल मल्ल ९ र दीपेन्द्र १ रन जोडे । सोमपाल कामी ०, गुल्सन झा १४ र करन केसीले १७ रन जोडेर आउट भए ।

बलिङमा नेदरल्यान्डसका टीम प्रीङल र लोलन भान विकले ३–३ विकेट लिए । पाउल भान मिर्केन र बास डी लेडीले २–२ विकेट लिए ।

 नेपाललाई कमजोर ब्याटिङ र खराब फिल्डिङले डुबायो । ब्याटिङका लागि  पिच निकै चुनौतिपूर्ण थियो ।

टस हारेर पहिले ब्याटिङमा होमिएको नेपालले स्कोरबोर्डमा १०६ रन मात्रै चढाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए ।

रन ब्याटमा नआइरहेको अवस्थामा नेपालले सम्हालिएर खेल्न सकेन ।

२० ओभरसम्म टिकेर १२० रनसम्म पुर्याउन सकेको भएर नेपालले नेदरल्यान्ड्सलाई मात दिन सक्थ्यो भन्ने अन्तिम नतिजाबाट देखिनछ ।

१०७ रनको झिनो लक्ष्य रक्षा गर्न नेपालका बलरहरुले साहसिक प्रदर्शन गरे । उनीहरुले ब्याट्सम्यानहरुलाई सुरुदेखि अन्त्यसम्म बाँधेर राखेका थिए ।

तर, महत्वपूर्ण समयमा महत्वपूर्ण ब्याट्सम्यानको क्याच मिस गर्नु नेपालका लागि घातक बन्यो । १७।२ ओभरमा सोमपाल कामीको बललाई म्याक्स ओ डाउडे हावामा खेल्दा रोहित पौडेलसँग क्याचको सुन्दर अवसर थिए ।

रोहित सामान्यतया नेपालका सुरक्षित फिल्डर हुन् । तर,  सायद उनले बढी नै दवाव महसुस गरिरहेका थिए ।
सहज क्याच छोड्न पुगे । यो क्याच लिएको भए खेल जता पनि मोडिन सक्ने अवस्था थियो ।

नेदरल्यान्ड्सलाई १७ बलमा १८ रन मात्रै चाहिएको थियो, तर बल राम्ररी ब्याटमा आइरहेको थिएन । बाउन्ड्री निकाल्न नसकिरहेका ब्याट्सम्यानहरु १–१ रनमा निर्भर थिए ।

योभन्दा अगाडि पनि नेपालले एउटा क्याच ड्रप गरेको थियो भने एउटा रनआउट चान्स मिस गरेको थियो ।

नेदरल्यान्ड्सले भने उत्कृष्ट फिल्डिङ गर्यो । कुनै पनि क्याच मिस गरेन । आज दुई टिमको फरक भनेकै फिल्डिङलाई मान्न सकिन्छ ।

क्याच मिसपछि डाउडले आफ्नो व्यक्तिगत अर्धसतक पूरा गरे । उनले १८ औं ओभरमा अविनाश बोहरालाई लगातार चौका र छक्का प्रहार गरेपछि नेपालको सम्भावना समाप्त भएको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : १० बजे