दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एमाले प्यूठानको अध्यक्षमा बिष्ट र उपाध्यक्षमा पौडेल निर्वाचित

प्युठान । नेकपा (एमाले) प्यूठानको अध्यक्षमा बिजय बिराज बिष्ट निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा बिष्टले २ सय ९९ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा माधव शर्मा पौडेल २ सय ५७ मत प्राप्त गरि विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेगन सिंह कुँवरले २५१ मत प्राप्त गर्नुभयो । मतदानमा ५ सय २३ मत खसेको थियो ।

सचिवमा इन्द्रमणी पोख्रेल निर्वाचित हुनु भएको छ भने उप(सचिवमा हिरामणी भण्डारी र ईश्वरा आचार्य निर्बिरोध निर्वाचित हुनुभयो । त्यसैगरी ८९ सदस्यीय जिल्ला कमिटीमा सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन । दशौं जिल्ला अधिवेशनको आइतबार महासचिव शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ९ : ५२ बजे