साफ यू–१७ च्याम्पियनसिप आजदेखि

वाराणसीबाट भारतीय प्रधानमन्त्री मोदीकाे ‘ह्याट्रिक’

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ‘ह्याट्रिक’ जित हात पार्नुभएको छ । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिनुभएको हो  । 

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाउनुभएको छ  । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराउनुभएको थियो  । त्यस्तै २०१९ को चुनावमा उहाँले समाजवादी पार्टीकी शालिनी यादवलाई हराउनुभएको थियो । 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ०५ बजे