दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मधेस सरकारबाट बाहिरियो एकीकृत समाजवादी

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले आज पदबाट राजीनामा बुझाउनु भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्री सरोजकुमार यादवालाई राजीनामा बुझाउनु भएको हो ।

मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका छन् ।

स अघि नेकपा एसको संसदीय दलको बैठक बसेको थियो। दलको बैठकले  सरकारबाट हट्ने निर्णय गरे लगतै मुख्यमन्त्री समक्ष राजीनामा दिन गएका छन्। उनी हरू मुख्यमन्त्रीलाई राजीनामा  बुझाउन पर्खी रहेका छन् । 

 यस अघि एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि  जसपा नेता सरोजकुमार यादवको सरकार अल्पमतमा परेको थियो। मुख्यमन्त्री यादवले भने बुधवार  विश्वासको मत लिनका लागि  प्रदेशसभा सचिवालयमा प्रसताव दर्ता गरेका छन् ।  

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : ३१ बजे