दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बालेनले ओलीमाथि प्रयोग गरेका अशिष्ट अभिव्यक्ति तत्काल सच्याउनुपर्छ : महेश बर्तौला

काठमार्डौँ ।  नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका पछिल्ला अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको टिप्पणी गर्नुभएको छ । 

उहाँले बालेनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको भन्दै  त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको बताउनुभयो। 

मंगलवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा बर्तौलाले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर शाहले दिएको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने बताउनुभयो । 
प्रमुख सचेतक बर्तौलाले मेयर शाहले इतिहासलाई अवमूल्यान गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानूनी शासनमाथि नै चुनौती दिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उाहँले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालका गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर शाहलाई सचेत गराउनुभयो।
प्रमुख सचेतक बर्तौलाले राज्यका विद्यमान कानूनी प्रबन्धहरुलाई कुनै पनि व्यक्तिले चुनौती दिन नमिल्ने पनि बताउनुभयो।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : ०६ बजे