काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।
संसदमा बजेटसम्बन्धी छलफल जारी रहेका बेला अर्थमन्त्री वर्षमान पुन उपस्थित नभएको बताउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अर्थमन्त्रीको उपस्थितिको माग गरेपछि सभामुखले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।
बजेट सम्बन्धी छलफलमा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको बताउँदै राप्रपा अध्यक्ष लिङदेन सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा रहेकाले केही समयमा आउने भन्दै १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार २ : ०७ बजे
प्रतिक्रिया