दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

​​​​​​​काठमाडौँ ।सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।

आज  शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ८ : ५५ बजे