दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

उच्च मनोवलका साथ काम गर्न प्रहरीलाई मुख्यमन्त्री कार्कीको निर्देशन

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उच्च मनोबलका साथ जनताको सुरक्षा गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

प्रदेश प्रहरी कार्यालय निरीक्षणको क्रममा आज उहाँले प्रदेश सरकारले नागरिकको सुरक्षाप्रति जिम्मेवारी वहन गर्न प्रहरीलाई आवश्यक तालिम र स्रोतसाधनले पूर्ण बनाउने बताउनुभयो ।  मुख्यमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक उपकरण, सवारीसाधन, भवन निर्माणलाई निरन्तरता दिने बताउनुभयो । 

 उहाँले विश्वमा नेपाल सुरक्षित भएको सन्देश प्रवाहको मुख्य श्रेय नेपाल प्रहरीलाई जाने बताउँदै जनतालाई शान्ति सुरक्षाको अनुभूति गराउन जिम्मेवारीका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहको समन्वयमा प्रहरीलाई आम नागरिकसम्म स्थापित गर्दै जाने नीति रहेको स्पष्ट पार्नु भयो । 

आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सीमित स्रोतसाधनको उपलव्धताबाट प्रहरीले  नागरिकलाई   शान्ति सुरक्षा उपलव्ध गराउन सफल भएको बताउनु भयो । प्रमुख सचिव केदारनाथ शर्मा र प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले नागरिकको शान्ति सुरक्षानै मुख्य कार्य भएको धारणा राख्नुभयो ।
 

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ४३ बजे