दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, रञ्जिता श्रेष्ठ मन्त्री बन्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । दाहालले सरकारलाई समर्थन दिएर बाहिर रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सामेल गराउने गरी मन्त्रिपरिषद्‌मा हेरफेर गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा सामेल गराउने तयारी गरेको उक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने तयारी गरिएको छ । हाल सो मन्त्रालयमा माओवादी केन्द्रका हितबहादुर तामाङ मन्त्री छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नागरिक उन्मुक्तिलाई सरकारमा समावेश गर्न लागेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ३७ बजे