दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पत्रकार महासङ्घमा भाँडभैलो, सरकारले हस्तक्षेप गर्ने खतरा !

काठमाडौँ, ।  नेपाल पत्रकार महासङ्घको कार्यालयमा लगाइएको ताला खोलिएसँगै निर्वाचनको माहौल बने पनि निर्धारित समयमा भने निर्वाचन नहुने भएको छ । 

निर्धारित समयमा निर्वाचनका लागि समय लाग्ने भएपछि जेठ २६ गते निर्वाचन नहुने भएको छ । प्रेस चौतारी नेपाल, समाजवादी प्रेस सङ्गठन लगायतका पत्रकारका सङ्गठनले सदस्यतामा शुद्धीकरणलाई फेरि हेर्ने सहमति भएपछि हिजो ताला खोलिएको थियो । 

महासचिव रोशन पुरीको संयोजकत्वमा गठित शुद्धीकरण कार्यदलले गरेको पत्रकार शुद्धीकरणमा विवाद भएपछि पुनः महासङ्घका अध्यक्ष विपुल पोखरेल लगायतका महासङ्घका पदाधिकारी सम्मिलित टोलीले फेरि सदस्यता शुद्धीकरण हेरे टुङ्ग्याउने भएको छ । तीन महिना लगाएर सदस्यता शुद्धीकरण गरे पनि विवाद भएको छ । 

निर्धारित मितिमा निर्वाचन असम्भव भए पनि जेठ २६ गतेभित्र निर्वाचन प्रक्रिया प्रारम्भ गर्ने तयारी महासङ्घको रहेको छ । निर्धारित कार्यतालिका अनुसार यही जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने सम्भावित सूचि रहेको थियो ।

सदस्यतामा विवाद भएपछि महासङ्घका काठमाडौँमा उपलब्ध केन्द्रीय समितिको बैठक बसी पुनः सदस्यताको विवाद टुङ्ग्याउने सहमति भएको छ । हिजोदेखि सुरु भएको बैठक आज पनि बस्ने र निर्वाचन समितिलाई सदस्यताको विवाद समाधान गरेर बुझाउने एक केन्द्रीय सदस्यले जानकारी दिए ।“पहिलेको कार्यदलले सदस्यता शुद्धीकरणका नाममा क्रियाशील पत्रकारको समेत नाम काटेको थियो । जसको कारणले पत्रकारका सङ्गठनले महासङ्घको केन्द्रीय कार्यालयमा ताला लगाएका थिए” एक सदस्यले भन्नुभयो, “अव चाँडै नै फेरि महासङ्घका अध्यक्ष पोखरेलले संयोजकत्वमा गठित पदाधिकारीको कार्यदलले सदस्यताको फाइनल नाम आज साँझसम्म निर्वाचन समितिलाई बुझाउने छ ।”

निर्धारित मितिमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन, दाबी विरोध जस्ता कारणले अबको पाँच दिनमा निर्वाचन असम्भव नै देखिएको हो । 

तर महासङ्घको २६ औँ महाधिवेशनबाट निर्वाचित अहिलेको कार्यसमितिको तीन वर्षे कार्यकाल २०८० चैतमा सकिएपछि जसरी पनि निर्धारित मितिमा नै निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । 

निर्धारित मितिमा नै निर्वाचन प्रक्रिया सुरु नगरे महासङ्घको वैधानिकतामाथि समेत प्रश्न उठ्ने र प्रशासनले हस्तक्षेप गरेर तदर्थ समिति गठन गर्न सक्ने सम्भावना रहेको बुझिएको छ । त्यसैले अहिलेको महासङ्घको नेतृत्व जसरी पनि छोटो समयमा पनि निर्वाचन गराउने पक्षमा रहेको छ । 

प्रेस चौतारी नेपालले महासङ्घका अध्यक्ष विपुल पोखरेलले शुद्धीकरणको नाममा प्रेस चौतारीका सदस्यहरूको नाम छानी छानी काटेको र नयाँ सदस्य पनि प्रेस युनियन निकट मात्र सदस्यता दिएको विरोधमा यही जेठ १५ गते ताला लगाएका थिए । हिजो प्रेस चौतारीसँगको छलफल ताला खोलिएको थियो । 

यस्तै ६ वाम पत्रकारको सङ्गठन नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मिलेर जाने सहमतिको सङ्केत  गरेका छन् ।  शनिवार ६ वाम पत्रकारको सङ्गठन प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्घ नेपाल, जनपत्रकार सङ्गठन नेपाल र क्रान्तिकारी प्रेस सङ्गठनले शनिवार संयुक्त विज्ञप्ति जारी गरी महासङ्घको निर्वाचनमा सहमति गरेर जाने सकेत गरेका छन र महासङ्घको नेतृत्वले सदस्यता सूची बुझाउन ढिलाइ गरेकोले निर्वाचन प्रक्रिया अगाडि नबढेको बताएका छन् । 

। 

निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउने सहमति भएको थियो । तर महासङ्घले निर्वाचन समितिलाई नामावली नबुझाएपछि समाजवादी प्रेस सङ्गठन, प्रेस चौतारी नेपालले एक पछि अर्को ताला महासङ्घको मुलगेटमा झुन्डिँदै गयो । महसंघको विधानमा छ महिना अघि सदस्यता टुङ्ग्याउने व्यवस्था  छ।  यो व्यवस्थालाई हेर्ने हो भने अहिले  सदस्यता टुङ्ग्याएर गर्ने निर्वाचनको वैधानिकतामा प्रश्न उठ्ने खतरा छ। 

अद्यावधिक सदस्यहरूको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण बनाउन पनि विज्ञप्तिमार्फत माग गरेका थिए । 

उता ६ वाम सङ्गठनले निर्वाचनमा गठबन्धन गरेर जाने भएपछि प्रेस युनियन झस्किएको छ । शनिवार ती वाम सङ्गठनले संयुक्त रूपमा विज्ञप्ति निकालेपछि प्रेस युनियन आफूहरूलाई अघिल्लो निर्वाचनमा प्रेस चौतारीलाई जस्तै महासङ्घबाट पत्तासाफ गर्ने भयो भनेर चस्का पसेको छ । त्यही भएर हुन सक्छ हिजो महासङ्घमा विवाद टुङ्ग्याउनु साटो प्रेस युनियनका अध्यक्ष शिव लम्साल पोखरा हिँड्नुभएको थियो । नेपाल पत्रकार महासङ्घले साझा चरित्र  जोगाउन  पर्नेमा जोड दिँदै पूर्व अध्यक्ष धर्मेन्द्र झाले समेत  चिन्ता प्रकट गर्नुभएको छ। उहाँले  फेसबुक मार्फत यस्तो चिन्ता सार्बजनिक गर्नुभएको  हो । 

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : ४७ बजे