‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जापानमा बिहानै शक्तिशाली भूकम्प

काठमाडौँ । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीका अनुसार जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट तत्काल क्षतिको विवरण नआएको स्थानीय अधिकारीले बताएका छन् । यस्तै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । यसअघि अप्रिल १ मा पनि जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने जनवरीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो । धेरै भवन क्षतिग्रस्त भए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : १९ बजे