दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मुख्यमन्त्री कार्कीको आर्थिक सल्लाहकारमा डा सुवेदी नियुक्त

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक सल्लाहकारमा डा मोहन सुवेदीलाई आज नियुक्त गर्नुभएको छ । 

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा उपप्राध्यापक पदमा कार्यरत सुवेदीले नेपालमा धितोपत्र व्यवहार विषयमा विद्यावारिधि गर्नुभएको छ । डा सुवेदीले यसअघि प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसक्नुभएको छ । 

मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल, जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गर्नुभएको थियो ।
 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ९ : १८ बजे