दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कोशी प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम भोलि

मोरङ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभाको चालु अधिवेशनमा यही जेठ २१ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ । 

बैठकले महालेखापरीक्षकको छैँटौ वार्षिक प्रतिवेदन–२०८१ प्रदेशसभामा पेस गर्न पनि स्वीकृत प्रदान गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ७ : ४९ बजे