साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेर कारबाहीमा परेकालाई एकदिन स्वयम्सेवकका रूपमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

आज गृहमन्त्रीको उक्त निर्णयविरूद्व दायर रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाऊसहित अन्तरिम आदेश जारी गरेको हो।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ५ : १२ बजे