साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

बंगलादेश सांसदको हत्याका आरोपी काठमाडौंबाट पक्राउ

काठमाडौं । भारतमा हत्या गरिएका बंगलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल अजिमको हत्यामा संलग्न प्रमुख आरोपीलाई नेपालबाट पक्राउ गरिएको छ ।

नेपाल प्रहरीले भारतमा हत्या गरिएका सांसद अजिमको हत्या आरोपी ३३ वर्षीय सियाम एमडी हुसेनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार सियामको पक्राउपछि सुपुर्दगीका लागि बंगलादेश दूतावासले कूटनीतिक पहल सुरु गरको छ ।

भारत उपचार गर्न पुग्नुभएका बंगलादेशको सत्तारूढ पार्टीका सांसद अनवारुल मे १३ देखि सम्पर्क विहीन हुनुभएको थियो । पछि उहाँ कोलकातामा मृत फेला पर्नुभएको थियो । उहाँको शव टुक्रा टुक्रा गरेर तालमा फालिएको अनुसन्धानमा खुलेको थियो ।

बंगलादेशी सञ्चारमाध्यमहरुमा पनि सियाम काठमाडौंबाट पक्राउ परेको उल्लेख गरिएको छ ।

अनवारुलको हत्यालाई सुन तस्करीसँगसमेत जोडेर हेरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : ०९ बजे