दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जनमत नेतृत्वमा मधेसमा एमाले– माओवादी र एसको सरकार , समर्थन माग्न गएको जसपालाई माधवको ‘रेडलाईट’

काठमाडौँ। मधेस प्रदेशमा सरकार निर्माणका लागि जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको छ। यो सहमति लगतै  एमाले   जनमत र माओवादी पार्टीबिच छलफल तीव्र भएको छ। 

यस क्रममा शुक्रवार दिउसो मधेश सरकार गठनका बिषया प्रधानमन्त्री पुष्पकमल दाहाल , एमाले अध्यक्ष केपी  शर्मा ओली र एसका अध्यक्ष माधव नेपालबीच सहमति भएपछि जनमतको नेतृत्वमा नयाँ सरकार बन्ने भएको हो ।  नेकपा एसले जसपालाई समर्थन  नगर्ने भएपछि मेधमा जनमतको नेतृत्वमा सरकार बन्न लागेको हो। 

सरकार बनाउन लागेका यी पार्टीसँग जम्मा ५५ सांसद हुन्छन् । केही स्वतन्त्रलाई समेत सहभागी बनाएर  सरकार बनाउने तयारी जनमत पार्टीले गरेको छ। 

यसैबीच जसपा सरकारलाई समर्थन गर्न सो पार्टीको मधेश प्रदेशका नेताहरुले शनिवार नेकपा एसका नेता माधवकुमार नेपाललाई भेट गरेका थिए। पार्टीका प्रवक्ता एवं सांसद मनिष सुमनको नेतृत्वमा उत्साही भएर एसको केन्द्रीय कार्यालय पुगेको टोली माधव नेपालसँगको भेट पछि अमिलो अनुहार बनाउँदै फर्किएको एक नेताले बताए। 

स्रोतका अनुसार, भेटमा  नेकपा एसका  अध्यक्ष माधव नेपालले आफूहरू केन्द्रको समीकरण भन्दा बाहिर जान नसक्ने भएकोले तत्काल समर्थन गर्न नसकिने भन्दै जसपा नेताहरूलाई रातो बत्ती देखाएको स्रोतले बतायो। 

मधेसका मुख्यमन्त्री  सरोजकुमार यादवले शुक्रबारै मन्त्रिमण्डल विस्तार गर्ने र त्यसमा काँग्रेसलाई सहभागी बनाउने प्रयास गर्नुभएको थियो । तर प्रदेश प्रमुख मधेशमा बाहिर भएकोले यो प्रयास असफल भएको छ। त्यसैले सरकार विस्तार गरेर जसपा नेतृत्वको सरकार टिकाउने प्रयास समेत विफल भएको एक नेताले बताए। 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : १६ बजे