साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आजदेखि टी–२० विश्वकप क्रिकेट, पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

काठमाडौं ।  आजदेखि नवौँ संस्करण आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र क्यानडा खेल्दैछन् ।

समूह ‘ए’को यो खेल बिहान सवा ६ बजे डल्लासको ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।

नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग मंगलबार खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।

उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ६ : ५३ बजे